
एजेन्सी । अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याको भिडियो बनाउने १८ वर्षीया किशोरीलाई स्पेशल जर्नलिज्म अवार्डबाट सम्मान गरिएको छ । द पुलित्जर प्राइज बोर्डले डारनेला फ्रेजियरलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।
उनले एक श्वेत प्रहरी अधिकारीले अश्वेत नागरिक जर्जको हत्या गर्दै गरेको भिडियो खिचेकी थिइन् । उनको शाहसको लागि विशेष अवार्ड दिइएको द पुलित्जर बोर्डले जनाएको छ । यो अवार्ड अमेरिकामा पत्रकारिता क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित पुरस्कारमध्ये एक हो ।
किशोरीले बनाएको सो भिडियोले जर्ज फ्लोईडलाई न्याय दिलाउनुका साथै अमेरिकामा व्याप्त नस्लीय भेदभाव विरुद्ध हजारौं नागरिक आन्दोलनमा उत्रिएका थिए । त्यहि भिडियोको कारण एक अमेरिकी अदालतले जर्जको हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक शाविनलाई दोषी ठहर गरेको थियो ।
डारनेलाले गत वर्ष २५ जुलाईमा यो भिडियो रेकर्ड गेरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्