१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


खाल्सा एडद्वारा नेपाललाई १ सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग


0
Shares

काठमाडौं । बेलायतमा रहेको खाल्सा एड ईन्टरनेशनलले नेपाललाई कोभिड राहत अन्तर्गत एक सय ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालस्थित् ‘कन्ट्रिव्युसन फर नेपाल’ संस्थासँगको सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिने जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा खाल्सा एड इन्टरनेश्नलका नेपाल स्थित कार्यक्रम संयोजक देवेन्द्र सिंहले आफूहरूले विपद्का घटनामा राहतको काम गर्दै आएको बताउनुभयो ।

कोरोना महामारीको बेलामा नेपालमा अक्सिजनको चरम अभाव भएको थाहा पाएपछि अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो । यसको साथै खाल्सा एडले २ हजार जनालाई खानाको प्योकटको पनि व्यवस्था गरेको जनाएको छ ।

नेपालमा भूकम्प गए पछि पनि राहत र उद्धारको लागि संस्थाले सहयोग गरेको सिंहले बताउनुभयो । अहिले पनि द्वन्द्वग्रस्त सिरियामा उद्धार र राहतको काम गर्दै आएको उहाँको भनाइ छ ।