१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले आजै सपथ लिने


0
Shares

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कृष्णचन्द्र नेपाली पोखरेलसहित ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

मन्त्रीमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) जाने भएका छन् । उनीहरुको मन्त्रालय टुंगो लागेको छैन ।

शनिबार साँझ प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हाे । पोखरेल गण्डकी प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुनुहुन्छ ।