२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


कोभिड व्यवस्थापनमा सशस्त्र प्रहरी अस्पतालको सुविधा अब्बल– गृहमन्त्री अधिकारी


0
Shares

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले कोभिड महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी अस्पतालको सेवा सुविधा अब्बल रहेको उल्लेख गर्नुभएको छ ।

शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा उहाँले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको पनि उच्च प्रशंसा गर्नुभयो ।

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनश्रोत, जनशक्ति र वृत्ति विकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा पूर्ण व्यवसायिक र उच्च मनोबलका साथ कृयाशील रहन निर्देशन दिनुभयो ।

समयानुकुल राशन व्यवस्थापन, बृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयलये सम्भब भएसम्म पहल गर्ने गृहमन्त्री अधिकारीले आश्वासन दिनुभयो ।