१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कर्णालीको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)


0
Shares

मानबहादुर वली
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शनिबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभाका प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५ सय शय्याको अस्पताल बनाउने कार्यक्रम ल्याएको सरकारले कर्णालीका १० वटै जिल्लाहरूमा एक भेन्टिलेटरसँगैे अक्सिजनसहितको ५० शय्याको अस्पतालको स्थापना गर्ने जनाएको छ ।

त्यस्तै प्रदेश अस्पताललाई शिक्षण अस्ततालका रूपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लाहरूमा सरुवारोग अस्पतालको स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रमम समेटिएका छन् । जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आईसीयू उपचार, प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल र प्रयोगशालाको व्यावस्थापन गरिने पनि सरकारले जनाएको छ ।