
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ गराउनुभएको हो ।
पोखरेलले सम्पूर्ण मन्त्रालयको जिम्मा आफैँले लिएर सपथग्रहण गर्दा कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले विनाविभागीय मन्त्रीको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार शनिबार नै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्