
धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहत दिने भएको छ ।
प्रदेश सरकारले प्रति परिवार एक लाख राहत दिने घोषणा गरेको नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले जानकारी दिनुभयो ।
धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय ५ बालिकाको अस्ति शुक्रवार मृत्यु भएको थियो । मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नं ३ भित्रै यो घटना भएको हो ।
प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई राहत रकम घोषणा गर्नुभएको हो ।
त्यसैगरी क्षेत्र नं ३ बाटै संघीय संसद प्रतिनिधिसभाकी समानुपातिक सांसद जुली महतोले गाउँमै पुगेर पीडित परिवारलाई प्रतिपरिवार किरिया खर्चस्वरूप १० हजार सहयोग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्