५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


काठमाडौंमा रोपाईं सुरु


0
Shares

काठमाडौं । काठमाडौंका अधिकांश भूभाग प्लटिङले गर्दा सांघुरिए पनि खुला खेतहरुमा भने रोपाई सुरु हुन थालेको छ ।

खेतमा कृषकहरु रौनक पुर्बक धान रोप्न व्यस्त देखिन थालेको छन । निषेधाज्ञाका कारण घरमै आराम गरिरहेका कृषक मनसुन सुरु भएलगत्तै धान रोपाईंमा व्यस्त देखिन थालेका हुन् ।

यो पटक पानी छिटो परेकोले रोपाई सुरु गरिएको कृषकहरु बताउँछन् । विशेष गरि असारलाई रोपाईको महिना भनिएपनि पनि पानी उपलब्ध भएमा जेठ महिनामै रोपाई सुरु गरिन्छ ।

कयौं किसानहरु अझै पनि कोरोनासंग लडिरहेका छन् भने कतिपय कृषक कोरोनालाई जितेर खेतीपातीमा व्यस्त छन् ।