
उदयपुर । उदयपुर ताप्ली गाउपालिका ४ ठानागाउँ पोखरीस्थित भित्री कच्ची सडक खण्डमा गएराती बोलेरो जिप दुर्घटना हुदा १ जनाको मृत्युु भएको छ । ३ जना घाइले भएका छ्न ।
लहानवाट लखनडाँडा तर्फ मिल बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रीत भइ दुर्घटना हुद सिन्धुलीको दुधौली नगरपालिका १० का ६० बर्षिय इन्द्रबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भिमबहादुर दाहालले बताउनुभयो ।
दुर्घटनामा परि चालक सहित ३ जना घाईते भएका छ्न । घाइते ३ जनाको टाउको, हातखुट्टा र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
गम्भीर अवस्थाका उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारकालागी बिराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
बोलेरो लाहानबाट कुटानी पिसानी मिलको उपकरण लिएर ताप्ली जाँदै गरेको थियो । जिपमा ४ जना मात्र सवार थिए ।
प्रतिक्रिया दिनुहोस्