१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो


0
Shares

स्याङजा । आज बिहानदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गको भालुपहाडमा माथिबाट खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो ।

सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध भएकोे थियो ।

पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।