२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाकिस्तानमा भारी वर्षा र हुरीका कारण १० जनाको मृत्यु


0
Shares

एजेन्सी । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र हुरीको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ ।

खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र पञ्जाबमा दुई जनाको मृत्यु भएको हो ।

खैबर पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार, वर्षासँग सम्बन्धित विभिन्न घटनामा पाँच जनाको ज्यान गएको र अन्य छ जना घाइते भएका छन् ।

यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा विद्युत सर्ट हुदा तीन व्यक्तिको मृत्यु भएको द न्यूजले जनाएको छ ।

बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्पर्क टुटेको जनाइएको छ ।

पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेकाे अन्तराष्ट्रिसमाचार संस्था द न्युजले जनाएको छ ।

उनले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पीडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत राहत दिइने बताएका छन् ।