
एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा शानदार सुरुवात गरेको छ ।
गएराति भएको प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को जित निकाल्यो । ब्राजिलको लागि मार्कीनोज, नेयमार र ग्याब्रियल बार्बोसाले एक एक गोल गरे ।
कोपा अमेरिका फुटबलको यो संस्करणमा लेटिन अमेरिकाका १० टोली सहभागि छन् । प्रतियोगिता अर्जेन्टिना र चिलीमा आयोजना गर्ने भनिएपनि अन्तिम समयमा ब्राजिलमा सारिएको हो ।
चिलीमा राजनीतिक अस्थिरता र प्रदशंन एवं अर्जेन्टिनामा बढ्दो कोरोना भाईरसको संक्रमणपछि कोपा अमेरिका ब्राजिलमा सारिएको हो ।
प्रतिक्रिया दिनुहोस्