२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा थप एक साता निषेधाज्ञा


0
Shares

बझाङ । बझाङमा थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरीएको छ ।

आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापनको बैठेकले निषेधाज्ञा केही खुकुलो पार्दै असार ७ गते सम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बजार बिहान देखि ११ बजे सम्म खुला गर्न पाउने, बैङ्क तथा वित्तीय संस्थाहरु दिउँसो १२ बजे सम्म खुला गर्ने र अन्य सरकारी कार्यालयहरुबाट पनि सेवा प्रवाह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुबाट दिने सेवा सुविधाहरु पनि आंशिक रुपमा खुला गरिएको छ ।