
फाइल तस्वीर ।
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना हुनु भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएकाे हाे ।
ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज बिहान अस्पताल लगिएको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयकाअनुसार अहिले खनालकाे स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटलमा बस्नुपर्ने चिकित्सकले बताएका छन् ।
खनाललाई यसअघि कोरोना भएको थियो । कोरोना मुक्त भएपछि उहाँ घरमै बसेर आराम गरिरहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्