
काठमाडौं । निषेधाज्ञाको समयमा अन्य अपराधका घटना शून्यमा झर्दा घरेलु हिंसा र यौन अपराधमा वृद्धि भएको पाइएको छ । निषेधाज्ञाको समयमा घरेलु हिंसा र यौन अपराधका घटनामा वृद्धि भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
निषेधाज्ञाका कारण श्रीमानश्रीमतीकै आयआर्जनको स्रोत गुमेको र त्यसै विषयमा झगडा हुँदा घरेलु हिंसासम्मको अवस्थामा पुगेको परिसरका प्रमुख, प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । कामकाजी उमेर समूहका महिलाको परिवारमा घरेलु हिंसाको घटना भएको उहाँको भनाइ छ ।
यस्तै, निषेधाज्ञाकै समयमा बलात्कार, यौन हिंसा र लागुऔषध दुर्व्यसनीका घटनाहरूमा पनि वृद्धि भएको बज्राचार्यले बताउनुभयो । यस्ता घटनाहरूका पीडक सबै उमेर समूह र पीडित विशेषतः किशोरी र २५ वर्षभन्दा कम उमेर समूहको रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्