
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको अहिलेसम्म टुंगो लागेको छैन । विभिन्न जिल्लामा भएको विवादका कारण क्रियाशील सदस्यताको टुंगो लाग्न समस्या भएको हो ।
पार्टीले पछिल्लो बैठकले भदौ १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको छ । अब असार २० गतेसम्म जिल्लाहरुबाट पार्टीको क्रियाशील सदस्यता नपठाए विकल्पमा गएर महाधिवेशनमा गर्ने विषयमा छलफल सुरु भइसकेको छ ।
सप्तरी, सिन्धुपाल्चोक, सर्लाही, बारा, प्यूठान, बर्दिया, रुकुम पश्चिम, रौतहट लगायका जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद उत्पन्न भएको छ । क्रियाशील सदस्यताको विषय टुंगाएर क्रियाशील सदस्यता छानविन समितिले असार २० गतेभित्र पार्टीलाई विवरण बुझाउनु पर्नेछ । तर, त्यो असम्भवप्रायः देखिएको छ ।
यसै सन्दर्भमा ईमेजकर्मी रोमन आचार्यले क्रियाशील सदस्य छानविन समितिका सदस्य जीवन परियारलाई तोकिएको मितिमा विवरण बुझाउन कति सम्भव छ ? भनेर सोध्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्