२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


नेटाका नेताहरुको चीनको बढ्दो सैन्य क्षमतामाथि चासो


0
Shares

एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन नेटोले चीनको सैन्य तथा आणविक गतिविधिले विश्वमा गम्भिर सुरक्षा चिन्ता थपिएको भन्दै चिन्ता जनाएको छ ।

बेज्लियमको ब्रसेल्समा भेला भएका उत्तर एट्लान्टिक सन्धि संगठन नेटाका नेताहरुको बैठकले चिनको बढ्दो सैन्य क्षमतामाथि चासो उठाएका हुन् । बैठकले चीनको गतिविधिलाई ‘प्रणालीगत चुनौति’ भनेका छन् ।

चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा पनि अपारदर्शी रहेको नेटोको निष्कर्ष छ । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि नेटोले लगाएको छ ।

नेटोले चीनसँग नयाँ शित युद्धको पक्षमा भने नरहेको बताएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।

कम्युनिष्ट शासनको बिस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो । पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बिचमै संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भइरहेको छ ।