
पर्वत । लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गएरातीदेखि अवरुद्ध बनेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारामा पहिरो खस्दा रातीदेखिनै सडक अवरुद्ध भएको हो ।
निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने प्रहरीले जनाएको छ ।
यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुंगा सडक समेत अवरुद्ध भएको छ ।
जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङको फर्से, वडा नं. ७ को केरावारी र वडा नं. ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
उहाँका अनुसार गएरातीदेखिनै सडक अवरुद्ध भएपनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्