
एजेन्सी । निकारागुवामा राष्ट्रपति डानियल अर्टेगा विरुद्ध लागेका नेताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
निकारागुवाका प्रहरीले राष्ट्रपति बिरुद्ध जाने बिपक्षी नेताहरुलाई छानी छानी पक्राउ गरेका हुन् ।
पछिल्लो हप्तामा मात्रै प्रभावशाली ६ जना नेतालाई पक्राउ गरिसकिएको छ ।
पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरू पनि रहेका छन् ।
प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ ।
निकारागुवाको यो कदमप्रति बिश्व समुदयाले बिरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्