१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछि लकडाउन लम्बियो


0
Shares

एजेन्सी । बेलायतमा जारी लकडाउन एक महिना भन्दा बढी थप गरी १९ जुलाईसम्म लम्ब्याईएको छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट भेटिएपछी बेलायतमा गत केही महिनादेखि जारी लकडाउनको अवधि पुनः थप गरिएको हो ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाका नामाकरण गरिएको डेल्टा भाइरस संक्रमितहरुको संख्यामा कमी नआएको र दैनिक रुपमा अस्पताल भर्ना हुनेहरुको संख्या बढ्दै गएको भन्दै नियन्त्रणका लागि लकडाउनको अवधि थपिएको जानकारी दिनुभयो ।

साथै प्रधानमन्त्री जोनसनले आगामी १९ जुलाईमा भने लकडाउनको अन्त्य गर्न सक्ने समेत घोषणा गर्नुभएको छ ।

उहाँले ४० बर्ष भन्दा माथि उमेर समुहका सबै बेलायती नागरिकहरुलाई कोरोना बिरुद्धको दोश्रो डोजको खोप उपलब्ध गराइने जानकारी दिनुभयो ।

बेलायतमा हालसम्म कोरोनाका कारण १ लाख २७ हजार ९ सय बढीको मृत्यु भईसकेको छ ।