
एजेन्सी । भारतमा कोरोना संक्रमण दर केही घटेकै बेला पुनः दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएको छ ।
भारतका ६ वटा राज्यमा हालै गरिएको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो । बैज्ञानिकले यस म्यूटेशनलाई के ४१७ एन नामबाट परिचित गराएका छन् ।
यो भेरियन्ट सबैभन्दा बढी भारतको तमिलनाडुमा भेटिएको र महाराष्ट्र, गुजरात, ओडिशा, कर्नाटक र आन्द्र प्रदेशमा १/१ विरामी फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।
परिस्कृत भाइरसको नाम डेल्टा प्लस राखिएको भारतीय बैज्ञानिकहरुले जनाएका छन् । भारतमा दोश्रो लहरमा बेटा भेरियन्टमा मिल्ने म्यूटेशन डेल्टामा मिल्न थालेको भारतीय बैज्ञानिकहरुले जनाएका छन् ।
यो भेरियन्टका कारण मानिसलाई एक भन्दा पनि धेरै पटक कोरोना संक्रमण हुन सक्छ र खोप लगाएपछि पनि संक्रमित हुने सम्भावना अधिक हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्