२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


इलामको माङसेबुङ गाउँपालिकाको ईभाङ–चतुरे सडक कालोपत्रे


0
Shares

इलाम । इलामको माङसेबुङ गाउँपालिकास्थित ईभाङ–चतुरे सडक कालोपत्रेको काम दुर्त गतिमा अघी बडेको छ ।

वैशाख २७ गते बाट सुरू भएको कालोपत्रे सडक करिब ३ सय मिटर सम्म सम्पन्न भइसकेको सडकका ईन्जिनियर दिपेन्द्र अधिकारिले जानकारी दिनुभयो ।

माङसेबुङ गाउपालिका क्षेत्रकै पहिलो कालोपत्रे सडकको रूपमा चिनिने यो सडक महत्वपूर्ण र गौरवको रूपमा रहेको माङसेबुङका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनु भएको छ । सडक कालोपत्रे सुरू भएसँगै माङसेबुङबासीमा खुसी छाएको छ ।

सडकको समस्याका भोगिरह्हेका स्थानियहरुलाई यो सडक निर्माण भएपछी सदरमुकाम आउन जान मात्र होइन छिमेकी जिल्ला झापा र पाचथर जान समेत सहज हुने भएको छ।