१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नदीहरुमा पानीकाे बहाव बढ्ने : कहाँ कहाँ छ, जाेखिम (तालिकासहित)


0
Shares

काठमाडौं । देशका केही नदीमा आज पानीको बहाव बढेको छ । साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, बाढी पूवार्नुमान महाशाखाकाे छ ।

विभागले आज गरेको बहाव मापन अनुसार कन्त्काई, कोशी, बागमती, नारायणी, कणााली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य छ तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै छ ।

नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यमरभारी वर्षा भई बहाव केही बढ्ने र केही स–साना नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ ।

आज कन्काई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कमला, वाग्मतीलगायतमा बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुने जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाइएको छ ।

पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका स–साना नदीजलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने अनुमान महाशाखाले गरेकाे छ।

महाशाखाकाअनुसार आज कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधारलगायत बारा, पर्सा, रौतहट, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर परासी, पाल्पा, कपिलवस्तु अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने अनुमान छ ।

आगामी तीन दिन कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केही स–साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान महाशाखाकाे छ । केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्ने अनुमान गरिएकोले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।