१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताको पत्र, `बजेट बनाउँदा अक्सिजन सकिएर मरेकी सुत्केरी र खर्च अभावमा अस्पतालबाट निकालिएका बालकलाई सम्झनुस्`


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पत्र लेख्दै सोचेर सही निर्णय गर्न सुझाव दिनु भएको छ ।

सामाजिक सञ्जालमा पत्रसहित सुझाव दिँदै शर्माले प्रदेश सरकारको औचित्य स्थापित हुने गरी काम गर्न अनुरोध गर्दै सुझाव दिनु भएको हो ।

मुलुक संघीयतामा प्रवेश गरेपछि कांग्रेसले पहिलोपल्ट गण्डकीमा मुख्यमन्त्री पाएको छ ।

`समय संवेदनशिल भएकाले राम्रो सावित हुन धेरै राम्रो काम गर्नुपर्ने र आलोचित हुन एक गल्ती या एउटा भ्रम नै काफी छ` उहाँले लेख्नु भएको छ ।

गण्डकीको बजेट निर्माण गर्दा पोखराको अस्पतालमा अक्सिजन सकिएर जीवन गुमाएकी सुत्केरी र खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई सम्झेर बजेट निर्माण गर्न पनि शर्माले सुझाव दिनुभयो ।

`मुख्यमन्त्री पोखरेल कांग्रेसको भएकाले पोखरेलको कर्म सिंगो पार्टीसँग जोडिएको छ,उहाँले लेख्नुभएको छ, `राजनीतिप्रतिको वितृष्ण कम गर्ने गरी काम गर्नुस ।`