१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विपन्न परिवारको गुजारा मुस्किल भएपछि पाँचथरका युवाहरु ‘दिने, लिने’ अभियानमा सक्रिय


0
Shares

जितेन्द्र भण्डारी

पाँचथर । निषेधाज्ञा कारण विपन्न परिवारको गुजारा चलाउन मुस्किल भएपछि पाँचथरको फिदिमका यूवाहरुले दिने, लिने अभियान संचालन गरेका छन् । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरुका संख्यामा कमी आउन नसक्दा निरन्तर निषेधाज्ञा जारी रहँदा ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवारलाई छाक टार्न मुस्किल भएपछि यो अभियान संचालन गरिएको युवाहरू बताउँछन् ।

हुनेले दिने, नहुनुले लिने’ चलाएको अभियान प्रभावकारी बन्दै गएपछि स्वदेश तथा विदेश बाट समेत राहातका लागि सहयोग जुटन् थालेको अभियानमा सहभागी यूवा फिरोज खान बताउँनुहुन्छ ।

गत वैशाख २० गते बाट थालिएको यो अभियान निषेधाज्ञा नखुलेसम्म संचालन गरिरहने यूवाहरुको भनाई छ । बन्दाबन्दी तथा निषेधाज्ञा भएको एक महिना बित्न लाग्दा खाद्यान्नको व्यवस्था गर्न नसक्ने परिवार र कोरोना संक्रमण भएर घर बाहिर निस्कन नसक्ने परिवारहरूका लागि यो अभियान संचालन गरिएको अभियानमा सहभागी यूवा गणेश काफ्ले बताउँनुहुन्छ ।

यस अभियानमा राहात बाँडेको फोटो नखिच्ने, राहात लिनेको बिवरण सार्वजनिक नगरिने भएकोले पनि अभियान प्रभावकारी बन्दै गएको हो ।
अभियान्ताहरुले सुरुवाती चरणमा स्वयम आफैँ बाट ४० हजार रुपैयाँ उठाएर राहात बितरण सुरु गरेका थिए ।

नेपाल तथा बिदेशबाट सहयोग रकम जुटाएर अहिले सम्ममा ५ लाख रुपैया भन्दा वढिको चामाल, तेल,नुन ,दाल लगायतका अतिआवश्यक खाद्यन्न वितरण गरिएको यूवाहरु बताउँछन् । समस्यामा परेकाहरुलाई चुल्हो बलोस भन्ने उद्धेश्यले यो अभियान संचालन गरिएको र ती परिवारमा खुशीयाली छाएको अभियानमा सहभागि अभियान्ता टिका खनाल बताउँनुहुन्छ ।

गत वर्ष कोभिड १९ को पहिलो लहरमा सरकारले लकडाउन भएको दुई हप्ता पनि वित्न नपाउँदै राहात वितरण गरेको थियो । तर अहिले कोरोनाको दोस्रो लहरमा निषेधाज्ञा भएको महिनौ दिन वित्दा पनि सरकारी निकाय कतै बाट विपन्न र मजदुरी गर्ने परिवारलाई राहात वितरण हुन नसकेपछि यूवाहरु मिलेर राहात वितरणको अभियान संचालन गरेका हुन् । अभियान प्रभावकारी बनेको भन्दै जिल्लावासीले यूवाहरुको कार्यलाई प्रशंसा गरेका छन् ।