
काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियन अझ नेपाल टानले पर्यटकीय क्षेत्रमा कार्यरत मजदुरहरुलाई आजबाट राहत वितरण गरेको छ । एक कार्यक्रमकाबीच एसोसियसनले राहत वितरण गरेको हो ।
टानले निषेधाज्ञामा प्रभावित मजदुरहरुलाई खाद्यान्न वितरण गरेको टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले जानकारी गराउनुभयो ।
टानले यो अभियान करिब एक महिनासम्म सञ्चालन गर्ने भएको छ । सहयोग अभियान सञ्चालन गर्न अनलाइन सेवा मार्फैत फर्म भर्ने व्यवस्था पनि मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्