१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालीगण्डकीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा, विश्वकै ठूलो शालिग्रामसमेत डुबायो


26
Shares

पर्वत । कालीगण्डकी नदीको बहाव २८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

अविरल वर्षाका कारण मुस्ताङ, म्याग्दी, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको स्थानीय प्रशासनले जनाएको छ ।

नदीको बहाव बढेपछि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीवेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका छन् ।

पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।