१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मौसम विभागले निकाल्यो विशेष बुलेटिन, यी स्थानमा हुनेछ भारी वर्षा


0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा हुने स्थानको विषयमा जानकारी गराएको छ ।

अहिले भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको विभागको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ । उक्त प्रभावका कारण मंगलबार दिउँसो र राति नेपालका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहने छ ।

त्यसैगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भू–भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

भारी वर्षा र धेरै भारी वर्षाका कारण गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव बढेर नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

यस्तै महाशाखाले मनसुनको निरन्तर अनुगमन गरिरहेकाले अद्यावधिक मौसमी सूचनाको जानकारी लिनसमेत महाशाखाले आग्रह गरेको छ ।