२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सोलुका स्थानीय तहलाई ३५ लाखको स्वास्थ्य सामाग्री वितरण


0
Shares

सोलुखुम्बु । ईको हिमाल नेपालले सोलुखुम्बुका चार स्थानीय तहलाई ३५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

जिल्लाका थुलुङ दूधकोशी, माप्य दूधकोशी, सोताङ र महाकुलुङ गाउँपालिकालाई कोरोना नियन्त्रण र सङ्क्रमितको उपचार सहयोगार्थ ३५ लाख १७ हजार रुपियाँको स्वास्थ्य सामग्री सहयोग गरिएको ईको हिमाल नेपालका कार्यकारी प्रमुख नारायण ढकालले जानकारी दिनुभयो ।

ईको हिमाल नेपालले सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका विभिन्न स्थानीय तहलाई पनि कोरोना नियन्त्रणमा अति आवश्यक मानिएका स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।