१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९८ हजारसहित बाजुरामा ६ जना जुवाडे पक्राउ, सबै जना मार्तडीका व्यापारी


0
Shares

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा ९८ हजार ३ सय २५ रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।

सोमबार साँझ मार्तडी बजारको तुफान डाडाबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउदले बताउनुभयो ।

विशेष सुराकीका आधारमा तुफानडाँडाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।

उनीहरू सवै मार्तडीका व्यापारीहरू रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।