
काठमाडौं । नारायणी नदीले खतराको तह पार गरेको छ ।
नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले नदीमा जलसतह अझै बढ्दो रहेकाले तटीय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुवान हुनसक्ने होचा स्थानका सतर्कता अपनाउन आग्रह गरेको छ । उसले भोलि दिउँसोसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन सचेन गराएको छ ।
असार ०१,बेलुका ६ बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 15, 2021
नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो रहेकोले नदी तटिय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुबान हुन सक्ने होचा स्थानमा भोलि मध्यान्न सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला। pic.twitter.com/qcAxu8k77X
प्रतिक्रिया दिनुहोस्