
फाइल फोटो
स्याङ्जा । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा–पोखरा सडकखण्डको कुभिण्डेमा खसेको पहिरो हटाएपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालयको प्रयासपछि सडक एकतर्फी रूपमा सञ्चलनमा ल्याएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्