६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बाढीले मेलम्ची बजारका घर पुरे (तस्वीरहरू)


0
Shares

सिन्धुपाल्चोक । मंगलबारदेखि भएको अविरल बर्षाका कारण मेलम्ची बजार डुवानमा परेको छ ।

बाढीपछि जमेका बालुवायुक्त माटोले घरका दोस्रो तलासम्म ढाकेको छ । बाढीले जिल्लाभर १० भन्दा बढी मानिस सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ ।

मेलम्चीका सडकहरू बगाएको छ भने मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ ।

अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।

तस्वीरहरुः देवराज सुवेदीको फेसबुकबाट