१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युरोकपमा फ्रान्स र पोर्चुगलको विजयी सुरुवात


0
Shares

एजेन्सी । फ्रान्स र पोर्चुगलले युरोकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । गएराति जर्मनीमा भएको खेलमा फ्रान्सले घरेलु टोली जर्मनीलाई १–० ले पराजित ग¥यो ।

विश्व विजेता फ्रान्सलाई विजयी गराउन जर्मन खेलाडी म्याट्स ह्युमल्सले २० औं मिनेटमा गरेको आत्माघाति गोल निर्णायक बन्यो । गएराती भएको समुह ‘एफ’ कै अर्को खेलमा पोर्चुगलले हंगेरीमाथि ३–० को फराकिलो जित निकाल्यो ।

हंगेरीको बुडापेष्टमा भएको खेलमा साविक विजेता पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा राफेल गुरेरोले एक गोल थपे । यो खेलसँगै रोनाल्डोले युरोकपमा थप दुई वटा किर्तीमान आफ्नो नाममा राखेका छन् ।

रोनाल्डोले हिजोको खेल सुरु हुनेवित्तिकै सर्वाधिक ५ पटक युरोकप खेल्ने किर्तीमान बनाएका हुन् । खेलमा दुई गोल गरेपछि रोनाल्डोले युरोकपमा सर्वाधिक ११ गोल गर्ने किर्तीमान पनि आफ्नो नाममा राखेका छन् ।

यसअघि फ्रान्सका मिचेल प्लाटिनी र रोनाल्डोको नाममा ९ गोलको संयुक्त किर्तीमान थियो । गएरातिको जितपछि पोर्चुगलले समुहमा अग्रता लिंदा समान ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

युरोकप फुटबलमा समुहका पहिलो चरणका खेलहरु सकिएका छन् । आजबाट दोस्रो चरणका खेलहरु हुनेछन् । दोस्रो चरणको पहिलो खेलमा आज समुह ‘बि’ का दुई टोली फिनल्याण्ड र रुस भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे रुसको सेन्ट पिट्सवर्गमा हुनेछ । वेलुकी पौने १० बजे अजरबैजानको बाकुमा टर्कीले वेल्सको सामना गर्दा राती पौने १ बजे रोममा इटालीले स्विटजरल्याण्डसँग खेल्नेछ ।