२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्वास्थ्यमन्त्री तामाङले फेसबुकमा लेखे, ‘मेलम्ची बाढीमा ५० औं वेपत्ता’


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले झण्डै ५ सय घर डुबानमा परेको छ ।

बाढीमा परि ५० जनाभन्दा बढी वेपत्ता भएको अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले बाढीमा परि पचासौं जना वेपत्ता भएको खबर आएको फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

उहाँका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ । बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । तामाङ सोही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी निवर्तमान सांसद हुनुहुन्छ । प्रहरीले भने वेपत्ता सातजना पुष्टि भएको र बाँकी के कति एकिन विवरण नआएको बताएको छ ।

बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको बताईएको छ ।

मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध पनि ध्वस्त बनाएको खबर छ । हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनमा पनि बाढी पसेको छ ।