२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लगातारको वर्षाले गैडाकोट डुबानमा


0
Shares

बिबेक भण्डारी,

नवलपुर । लगातारको वर्षाले नवलपुरका केहि स्थान डुबानमा परेका छन । लगातार बर्षा भइरहेको र नारायणी नदीमा बाढि आएपछि गैँडाकोट २ को बोटे टोल डुवान, कावासोती १५ अमलटारी क्षेत्र डुबानमा परेका छन ।

गैडाकोटको बोटे टोलमा रहेका करिव ३५ घरपरिवारलाई तत्कालका लागि अक्सफोर्ड कलेजमा सारिएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

यता अमलटारी क्षेत्रका रिसोर्ट डुबानमा परेका छन् । अविरल परेको पानीका कारण नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।

क्षतिको विवरण भने आउन बाँकी रहेको छ । अहिले नारायणी नदीको सतह ८ दशमलव ७९ मिटर रहेको छ ।

त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो ।
आगामी ३ दिन अझै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।