१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी र पहिरोमा परेकालाई तत्कालै उद्दार र राहतको लागि पहल गर्न नेता सिंहकाे अपिल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताप्रकाशमान सिंहले बाढी र पहिरोमा परेकालाई तत्कालै उद्दार र राहतको लागि पहल गर्न सरकारसँग अपिल गर्नु भएको छ ।

नेता सिहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपिल गर्नु भएको हो ।

खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको बताउादै नेता सिहले बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँनु भएकाे छ । त्यस्तै उहाँले थप क्षति हुन नदिन सरकारले तत्काल काम अघि बढाओस् भनेर सुझाव समेत दिनु भएकाे छ ।

उहाँले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दुखमा आआफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई अपिल गर्नु भएकाे छ । उहाँ भन्नुहुन्छ ‘तत्काल राहतको प्याकेज घोषणा गरोस् , घाइतेहरुको उपचार विस्थापितको व्यवस्थापनमा कुनै कसुर बाँकि नहोस कोराेनाको मापदण्ड पालना गर्दै आआफ्नो ठाउँबाट जुटौ ।’