२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गैडाकोटमा ४० घर डुबानमा, ३५ जनालाई सुरक्षित स्थानमा सारियो


0
Shares

बिबेक भण्डारी,

नवलपुर । लगातारको वर्षाले नवलपुरको गैडाकोटमा ४० घर डुबानमा परेका छन । नारायणी नदीमा बाढी आएपछि गैँडाकोट २ को बोटे टोल डुवानमा परेको हो ।

डुबानमा परेका मध्ये पैतीस जनालाई सुरक्षित स्थानमा सारिएको छ । बोटे टोलमा रहेका करिव ३५ घरपरिवारलाई तत्कालका लागि अक्सफोर्ड कलेजमा सारिएको गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

नवलपुरकै कावासोती १५ अमलटारी क्षेत्रमा रहेका रिसोर्टहरु डुबानमा परेका छन् । अविरल परेको पानीका कारण नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।

अहिले नारायणी नदीको सतह ८ दशमलव ७९ मिटर रहेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ ।

लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो । आगामी ३ दिन अझै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।