
प्रतिकात्मक तस्विर ।
प्रकाश मैनाली
सर्लाही । सर्लाहीको बरहथवामा मंगलवार फोहोर पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बरहथवा नगरपालिका वडा नं. ५ का मुकेश गुप्ताको अन्दाजी २ वर्षिय छोरा ओम गुप्ताको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । बालकको आफ्नै चापाकलको पानी जम्ने खाल्डोमा डुबेर ज्यान गएको हो ।
डुबेर बेहोस भएका बालकको उचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्