१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आँधीखोला किनारामा मृत फेला परेकाे शव घनश्याम ढकालकाे भएकाे पुष्टि


0
Shares

स्याङ्जा। आँधीखोला बयरघारीमा भेटिएका अन्दाजी ५० वर्षीय पुरुष स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ६ का घनश्याम ढकाल रहेको पुष्टि भएको छ।

आँधीखोला किनारमा ढकालकाे शव मृत अवस्थामा फेला परेकाे थियाे । केही दिनदेखि परेको वर्षाका कारण बढेर आएको आँधीखोलाले ढकाललाई बगाएर ल्याएको हुन सक्ने प्रहरीकाे अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा ढकालकाे शव भेटिएको हो ।

लास पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा लगिएको र मृतकको सनाखत भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।