१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताईवानको आकाशमा चीनका दुई दर्जन बढी लडाकु विमान एकसाथ उडे


0
Shares

एजेन्सी । ताईवानको आकाशमा चीनका दुई दर्जन बढी लडाकु विमानले एकसाथ उडान गरेका छन् ।

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको आलोचनापछि रुष्ट बनेको चीनले हिजो एकसाथ अहिलेसम्मकै धेरै फाईटर बिमानहरुलाई ताईवानको आकाशमा उडाएको हो ।

नेटोले हिजोमात्रै चीनको बढ्दो आणविक तथा सैन्य गतिविधिले विश्वमा गम्भिर सुरक्षा चुनौती बढाएको ठहर गरेको थियो ।

नेटोले अनावश्यक रुपमा विश्वका देशहरुलाई उक्साएको भन्दै चीनले यसको विरोध गरेको हो ।

यसैको जवाफ स्वरुप चीनले आणविक बम तथा मिसाईल बोक्ने क्षमता राख्ने जे–सिक्सटिन, जे–इलेभेन र एच–सिक्स फाईटर जेट उडाएको हो ।

चीनले ताईवानलाई आफ्नो भूमि मान्दै आएको छ । तर ताईवान भने आफुलाई स्वतन्त्र मुलुक बताउँदै आएको छ ।