१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुदा एकको मृत्यु, ६ घाइते


0
Shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ का ३६ वर्षीय गणेश अधिकारी रहेको प्रहरीले बताएको छ ।

भिरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्वरको महिन्द्रा जिप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । त्यस्तै अन्य ६ जना घाईतेहरुको पनि हेलुमा प्राथमिक अउपचार गरी थप उपचारका लागि पोखरा लगिदै गरेको भीरकोट ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो ।

घाईतेहरु सबै भीरकोट ३ का हुन् । अबिरल बर्षाका कारण बाटो चिप्लो हुँदा र्दुघटना भएको हुन सक्ने प्रहरीको अनुमान् छ । घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।