२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मकवानपुरमा ९६ किलो गाँजा सहित ५ जना पक्राउ


0
Shares

मकवानपुर । मकवानपुर प्रहरीले ९६ किलो गाँजा सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

असार १ गते सोमबार राति १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरीको टोलीले विशेष सुराकीको आधारमा गाडी सहित नियन्त्रणमा लिएको हो ।

मनहरीबाट हेटौडा तर्फ आईरहेको ना.२ ख ५५७९ नं. को कन्टेनर सवारी चेकजाँच गर्दा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

उहाँले कन्टेनर थानाभर्‍याङमा चेक गर्न खोज्दा नरोकी फरार रहेको र पिछा गरि आधाघण्टा पछि भुटनदेवीको मोडमा फेला पारी नियन्त्रणमा लिइएको बताउनुभयो ।

कन्टेनर गाडीको केबिन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४०० ग्राम फेला परेको हो ।

गाडीका चालक मनहरी वडा नं. ६ बस्ने २५ वर्षका सन्तोष आलेमगर, सह–चालक सोही स्थान बस्ने २१ वर्षका मोसा घलान र सो कन्टेनरमा सवार रहेका कैलाश वडा नं ८ भार्ता बस्ने २४ वर्षका उमेश लामालाई नियन्त्रण लिइएको छ ।