१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रशिक्षकको पहलमा खेलाडीलाई राहत


0
Shares

काठमाडौं । नेपाल क्वान मुकान कराते डो संघका संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवारलाई राहत सहयोग गरिएको छ ।

निषेधाज्ञाका कारण समस्यामा परेका विभिन्न खेलकुदमा आवद्ध खेलाडी र खेलाडीका परिवार तथा दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई राहत सहयोग गरिएको हो ।

प्रमुख प्रशिक्षक सुवेदीको पहलमा खेलाडी र खेलाडी परिवारका ८२ जना, दैनिक ज्याला मजदुरी गर्ने २५ जना, रिक्सा चालक असक्त परिवारका ५२ जना, मृगौला पीडित ३ जना र दृष्टिविहीन पारा जुडो खेलाडी १ जनालाई राहत सहयोग गरिएको हो ।

समस्यामा परेका अन्य खेलाडीहरूलाई क्रमशः राहत वितरण गरिने सुवेदीले बताउनुभयो ।