१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नारायणीको सतह घटेपछि किनारमा रमाउने स्थानीय बढे, प्रहरीलाई लखेट्दैका सास्ती (तस्वीरहरू)


0
Shares

डोलराज रानाभाट
चितवन । लगातारकाे वर्षा रोकिएपछि नारायणी नदीको बहाव घटेको छ । इतिहासकै उच्च विन्दुमा पुगेकाे नारायणीमा पानीको सतह घटेको हो ।

पानीको सतह घटेसँगै तटीय क्षेत्रको जोखिमसमेत केही कम भएकाे छ । नारायणी नदीको बहाव घटेपछि किनारामा रमाउन जानेहरू बढ्न थालेका छन् । टिकटक बनाउने, समूहमा घुम्न जाने बढेपछि सशस्त्र प्रहरीले भगाउन थालेको छ ।

कोभिड–१९ को महामारी कायमै रहेको र जिल्लामा जारी निषेधाज्ञा नहटेकाले भीड नगर्न आग्रह गर्दै प्रहरीले किनाराबाट हटाउने थालेकाे हाे ।