
पोखरा । मौसममा खराबी आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ ।
गृह मन्त्रालयको समन्वयमा व्यवस्था भएको नेपाली सेनाको हेलिकोप्टरमा मुख्यमन्त्रीसहितको टोली बाढी र पहिरोपीडितका लागि राहत लिएर मनाङ पुगेको थियो । मनाङको मौसममा एक्कासी बदली भएपछि हेलिकोप्टर उद्धारमा पनि खटिन सकेको छैन ।
नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने र प्रभु एअरको हेलिकोप्टरमा टोली फर्केने योजना थियो । प्रभु एअरको हेलिकोप्टर पनि मौसमका आएको खराबीका कारण मनाङका बगरछापमा ल्यान्डिङ गरिएको छ ।
औषधी, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेलसहित, मन्त्री राजीव गुरुङ, मनाङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मीको टोली मनाङ गएको थियो ।
यो पनि पढ्नुहोस्
राहत लिएर मनाङ गए गण्डकीका मुख्यमन्त्री पोखरेल, साथमा मनाङे पनि
प्रतिक्रिया दिनुहोस्