१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश विपद् कोषमा ५ करोड राख्ने विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णय


0
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेशका जिल्लाहरूमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि ५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो ।

मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली बिहीबार राहतसामग्रीसहित मनाङ जानुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन निर्देशन दिनुभयो ।

बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री बहाली भएकै दिनको निर्णयअनुसार, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि उहाँको निर्देशन छ ।

प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०÷१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २÷२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।