
एजेन्सी । उत्तर कोरियामा खाद्यान्नको चरम अभाव भएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले गत वर्षको आँधी र बाढी पहिरोका कारण आफ्नो मुलुकमा खाद्यान्नको चरम अभाव भएको स्वीकार गर्नुभएको छ ।
कोरियाली वकर्स पार्टीको पूर्ण बैठकमा नेता किमले देशमा खाद्यान्नको चरम अभाव भएको बताएको कोरियाली समाचार एजेन्सी केसीएनएले जनाएको छ ।
सो बैठकमा नेता उनले खाद्यान्नको संकत यस वर्ष झ्न चुलिने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले खाद्यान्नको संकट भएपनि मुलुकको समग्र अर्थतन्त्रमा भने सुधार आएको दावी गर्नुभएको छ ।
कोरोनाको महामारी सुरु भएसँगै अमेरिकालगायतका मुलुकले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएसँगै खाद्यान्नको चरम अभाव भएको बताइएको छ ।
गत अप्रिलमा वकर्स पार्टीको पूर्ण बैठकमा नेता किमले देशलाई तनावपूर्ण खाद्यान्नको अवस्थाबाट बचाउनुपर्ने बताउनुभएको थियो । सन् १९९० को सुरुवातमा पनि उत्तरले खाद्यान्न संकटको चरम अभाव खेप्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्