१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इन्डोनेसियामा ‘सिनोभ्याक’ लगाएकाहरु संक्रमित


0
Shares

एजेन्सी । इन्डोनेसियामा कोरोना बिरुद्धको सिनोभ्याक खोप लगाएका ३ सय ५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एकसाथ कोरोना संक्रमण पुष्टी भएपछी सो खोपको प्रभावकारिताबारे प्रश्न उठेको छ ।

इन्डोनेसियाको कुदुस जिल्लामा रहेका ५ हजार चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई खोप अभियान सञ्चालन गरी खोप लगाईएकोमा उनीहरुमा एकैसाथ संक्रमण पुष्टी भएको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित चिकित्स र स्वास्थ्यकर्मीहरु मध्ये केहीको अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको छ । इन्डोनेसियामा गत जनवरीदेखि कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

सो खोप लगाएका केहीमा कोरोना संक्रमण पुष्टी भएतापनि कुदुस जिल्लामा एकैसाथ कोरोना खोप लगाएकाहरुलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै चिन्ता ब्यक्त गरिएको हो ।

यसअघि बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सिनोभ्याकलाई मान्यता दिंदै यो खोप लगाएका ब्यक्तिमा ५१ प्रतिशतलाई कोरोना संक्रमण नहुने स्पष्ट पारेको थियो । इन्डोनेसियामा १९ लाख ५० हजार कोरोना संक्रमित छन् भने ५३ हजार बढीको मृत्यु भइसकेको छ ।