१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाइजेरियामा अपहरणको सिलसिला रोकिएन


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बिद्रोही समूहले एक प्रहरी अधिृकतको हत्या गरी पाँच शिक्षक र केही बिद्यार्थीहरुको अपहरण गरेको छ।

नाइजेरियाको केबी शहरको दुर्गम स्थानमा रहेको कलेजमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले सो कलेजमा रहेका प्रहरीको गोली हानी हत्या गरेको हो ।

ती बन्दुकधारीहरुले बिद्यार्थीहरुमाथि पनि गोली प्रहार गर्दा केही बिद्यार्थी घाइते भएका छन् ।

नाइजेरियामा बिद्रोही समूहले यो महिनामा गरेको यो तेश्रो आक्रमण हो ।

अपहरणमा परेका बिद्यार्थीको संख्या यकिन नभएकाले नाइजेरियाली सरकार लगत संकलनमा जुटेको छ ।